लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी नियुक्त भएका छन्।
बुधबार लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनलाई नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको हो।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ। उनलाई एमालेका २९, माओवादीका १०, राप्रपा र उन्मुक्ति पार्टीका चार–चार, जसपा, जनमत र लोसपाका तीन–तीन तथा दुई स्वतन्त्र गरी ५८ सांसदको समर्थन रहेको छ।
एमाले पोलिटब्यूरो गिरी यसअघि प्रदेशको उद्योग, वन, पर्यटन र वातारण मन्त्री बनेका थिए। उनी रुपन्देही २ ‘क’ बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।