तीन वर्षदेखि नथामिएका आँसु (तस्वीरहरू)
अवैध नदी उत्खनन रोक्न खोज्दा हत्या गरिएका धनुषाको श्रीपुरका इन्जिनियर ओमप्रकाश महतो (दिलीप) को परिवार न्यायका लागि फेरि काठमाडौं पुगेको छ।
तीन वर्षसम्म न्याय नपाएपछि उनीहरू काठमाडौं पुगेका हुन्। उनीहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलमा दिलीपप्रति श्रञ्जाली अर्पण गरेका छन्।
दिलीपको तेस्रो पुण्यतिथिमा युथ एशोसिएशन अफ नेपाल (यान) ले सोमबार माइतीघर मण्डलका आयोजना गरेको श्रद्धाञ्जली तथा विरोध कार्यक्रममा उनको परिवार सहभागी भएको हो। धनुषा जिल्ला अदालतले तीन वर्षसम्म मुद्दा अड्काएर राखेपछि यानले विरोध जनाएको हो।
यो मुद्दामा ११ पटक सुनुवाइ स्थगित गरिएको थियो। अहिले पनि मुद्दा प्रारम्भिक चरणमै रहेको छ।
दिलीपका बुवा रामजनम।
माइतीघर मण्डल पुगेका दिलीपका बुवा रामजनमले न्यायका लागि पहल गरिदिन आग्रह गरे। “गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तको हत्या घटनाको फेरि छानबिन शुरू गरेको सुन्दा केही आशा पलाएको छ,” रामजनमले भने, “हामीलाई पनि न्याय दिलाउन पहल गरिदिन गृहमन्त्रीलाई आग्रह गर्छु।”
स्थानीय औरही खोल उत्खनन रोक्न गएका दिलीपको २०७६ पुस २२ गते हत्या गरिएको थियो। क्रसर व्यवसायीले फलामको सुइरो रोपी, कुटपिट गरी बेहोश बनाएपछि टिप्परले टाउको कुल्चाएर बीभत्स ढङ्गले हत्या गरिएको परिवारजनको भनाइ छ।
दिलीपकी बहिनी लक्ष्मी।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
पढ्नुहोस् विस्तृत रिपोर्ट: