नवनिर्वाचित सांसदलाई प्रशिक्षण दिँदै एमाले
नेकपा (एमाले)ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई प्रशिक्षण दिन लागेको छ।
नेपालको संसदीय प्रक्रिया र कानून तर्जुमाको विषयमा सांसदलाई प्रशिक्षण दिन लागिएको एमाले संसदीय विभाग प्रमुख शिवमाया तुम्बाहाङफेले बताइन्। दुई दिने प्रशिक्षणमा एमाले नेताहरूसँगै कानूनविद्हरूले कानून तर्जुमाका विषयमा जानकारी दिने भएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउसो १ बजे संसद् भवनस्थित ल्होत्से हलमा प्रशिक्षणको उद्घाटन गर्न लागेका छन्। उनले पनि सांसदहरूलाई संसदीय प्रक्रियाका विषयमा जानकारी दिने भएका छन्।