नेपालमा भोड्का ब्रान्ड स्मिरनफको उत्पादन शुरू
प्रसिद्ध भोड्का स्मिरनफको अब नेपालमै उत्पादन शुरू भएको छ।
नेपाल लिकर्स प्रालिले यो भोड्कालाई नेपालमा उत्पादन शुरू गरेको हो। कम्पनीका अध्यक्ष राजेशवीर सिंह तुलाधरले यो भोड्का नेपालमै उत्पादन शुरू भएर बजारीकरण गरिरहेको बताए।
विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन शुरू गरिएको छ। तीन पटक डिस्टिल र १० पटक फिल्टर गरिएको यो ब्रान्ड भोड्काप्रेमीका लागि विशेष रोजाइको रहेको कम्पनीको दाबी छ।
स्मिरनफ नेपालका लागि ब्रान्ड एम्बेस्डरको भूमिकामा सुरजसिंह ठकुरी तोकिएका छन्।
नेपाल लिकर्सले एन्टिक्युटी, सिग्नेचर, मिस्टर डोवेल सहितका ह्वीस्की, ब्लूरिब्यान्ड जिन आदि उत्पादन गर्दै आएको छ। कम्पनीले विश्वका करीब १३० भन्दा बढी देशमा स्मिरनफ भोड्का बिक्री हुने गरेको जनाएको छ।
यो भोड्का नेपालमा ७५०, ३७५ र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ।