दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक १८.०९ अङ्कले उकालो लागेर दुई हजार १४३.९३ मा पुगेको छ। आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.५१ अङ्कले उकालो लागेर ४११.२३ मा पुगेको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्य भने बढेको छ। कारोबार भएकामध्ये १४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ।
कुल एक करोड २५ लाख ८१ हजार ९८२ कित्ता शेयर पाँच अर्ब चार करोड सात लाख ४० हजार ९३७ मूल्यमा खरीद-बिक्री भएका छन्। शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब एक अर्ब ४५ करोड एक लाख १२ हजार १४९ बराबर पुगेको छ।
कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ। कम्पनीको ४३ करोड १९ लाख ६६ हजार ९७४ बराबरको कारोबार भएको छ। यस्तै, रिडी पावर कम्पनी २१ करोड ४१ लाख आठ हजार ४८७, हिमाल दोलखा हाइड्रोपावर ११ करोड ८४ लाख ७८ हजार ६६५, एनआइसी एशिया ब्यांक ११ करोड ८४ लाख ४४ हजार ३०६ र नेपाल पुनर्बीमा कम्पनी १० करोड दुई लाख ६३ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा परेका छन्।
नेप्सेका अनुसार, विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। जसमा चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्त छन्।