सुदूरपश्चिममा संसदीय दलको नेता छान्न कांग्रेसले बनायो निर्वाचन समिति
नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलका नेता छनोट शुरू गरेको छ।
नेता तथा संसदीय दल कार्यसमिति छनोट गर्न प्रदेश समितिका उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा प्रदेश उपसभापति जनकराज चौधरी‚ महामन्त्री नरनारायण शाह, प्रदेश सदस्य सुरत रावत र रामबहादुर देउवा रहेको प्रदेश सभापति वीरबहादुर बलायरले जानकारी दिए।
संसदीय दलको नेतामा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियाबाट छनोट गर्ने तयारी गरिएको हो। बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा र दिवानसिंह विष्ट‚ अछामबाट निर्वाचित मेघराज खड्का र मानबहादुर रावल, कैलालीबाट निर्वाचित प्रकाशबहादुर देउवा र कमलबहादुर शाहले दाबी गरिरहेका छन्।