लुम्बिनीमा माओवादी संसदीय दलको नेता महरा
लुम्बिनी प्रदेश सभामा नेकपा (माओवादी केन्द्र)को संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन्।
प्रदेश राजधानी देउखुरीमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले सर्वसम्मत रूपमा महरालाई दलको नेता चयन गरेको माओवादका सांसद इन्द्रजीत थारूले बताए।
माओवादीका स्थायी सदस्य समेत रहेका महरा रोल्पा ‘क’ बाट निर्वाचित भएका हुन्। माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख स्वकीय सचिव भएर काम गरेका महराले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्।
लुम्बिनी प्रदेशमा माओवादीका नौ सांसद छन्।