लुम्बिनीका सांसदले लिए शपथ
लुम्बिनी प्रदेश सभाका सदस्यहरूले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख अमिक शेरचनले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। प्रदेश सभाका ८७ मध्ये नौ जनाले मातृभाषामा शपथ लिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए।

शपथ लिन सांसदहरू आआफ्नो वेशभूषामा उपस्थित भएका थिए। शपथ ग्रहण समारोहमा स्थानीय बासिन्दाको पनि उपस्थिति रहेको थियो।
यसैबीच लुम्बिनी प्रदेश सभाको बैठक पुस १८ गते दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभा बैठक आह्वान गरेको सचिव पुनले जानकारी दिए।
.jpg)