बागमतीमा माआवोदी संसदीय दलको नेतामा जमकट्टेल
बागमती प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको नेतामा शालिकराम जमकट्टेल चयन भएका छन्।
माओवादी संसदीय दलको शनिबार बसेको बैठकले जमकट्टेललाई सर्वसम्मत नेता चयन गरेको हो। माओवादी नेताहरूले उनको नाम प्रस्तुत गरेका थिए। बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।
संसदीय दलको नेतामा माओवादीबाट पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल र पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलको पनि दाबी रहेको थियो। संसदीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री जमकट्टेललाई संसदीय दलको नेता चयन गरेको हो।
यसमा पौडेलले असहमति जनाएका छन्। संसदीय दलको नेताका लागि चुनाव हुनुपर्ने उनको माग थियो।
बागमतीमा तेस्रो पार्टी बनेको माओवादीका २१ सांसद छन्।