विश्वविख्यात फूटबलर पेलेको निधन
ब्राजिलका विश्वविख्यात फूटबल खेलाडी पेलेको निधन भएको छ। मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको ८२ वर्षको उमेरमा निधन भएको हो।
उपचारका क्रममा अस्पतालमा बिहीबार राति उनको निधन भएको समाचार संस्था बीबीसीले जनाएको छ। १७ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेल शुरू गरेका पेलेले २१ वर्षको खेल जीवनमा एक हजार ३६३ खेल खेल्दा एक हजार २८१ गोल गरेका थिए। उनले ब्राजिलका लागि ९२ खेल खेल्दा ७७ गोल गरेका थिए।
पलेले सन् १९५८ देखि १९७० को बीचका विश्वकप प्रतियोगितामा भाग लिए। तीमध्ये सन् १९५८, १९६२ र १९७० गरी तीन प्रतियोगितमा ब्राजिलले विश्वकप जितेको थियो। सन् २००० मा पेलेलाई फिफाको प्लेयर अफ द सेन्चुरी घोषित गरिएको थियो।