प्रभु साहले घोषणा गरे नयाँ पार्टी
पूर्व मन्त्री प्रभु साहले आफ्नो नेतृत्वमा आम जनता पार्टी घोषणा गरेका छन्।
साहले पुस १४ गते आम जनता पार्टी (आजपा)को ५१ सदस्यीय तदर्थ समिति घोषणा गरेका हुन्। लामो समय नेकपा (माओवादी केन्द्र)मा रहेका साह नेकपा विभाजनपछि नेकपा (एमाले)मा रहेका थिए।
४ मंसीरको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका उनी रौतहट–३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुन्। साहको पार्टीमा अर्का स्वतन्त्र सांसद किरण साह, पूर्व मन्त्री बद्री न्यौपाने, करिमा बेगम लगायत छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Politics/p1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Politics/p2.jpg)