गण्डकी प्रदेश सभा सदस्यले लिए शपथ
गण्डकी प्रदेश सभाका सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूलाई बिहीबार शपथ खुवाएका हुन्। यसअघि बुधबार ज्येष्ठ सदस्य बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ खुवाएका थए।
गण्डकीका ५६ जनाले नेपाली र तीन जना सांसदले मातृभाषामा शपथ लिएका छन्। राप्रपाका पञ्चराम तमू, कांग्रेसकी सरस्वती गुरुङ र पर्वती तामाङले मातृभाषामा शपथ लिएका हुन्।
गण्डकीमा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी)का एक सांसद छन्।