तस्वीरमा नेपाल साहित्य महोत्सव
नेपाल साहित्य महोत्सवले पर्यटकीय नगरी पोखरा दुई दिनदेखि साहित्यमय बनेको छ।
महोत्सवको दोस्रो शुक्रबार विभिन्न सेसनमा साहित्य, कला, संस्कृति तथा समाजका विविध पक्षबारे बहस भइरहेको छ। पोखरा आसपाससँगै अन्य जिल्लाबाट पनि साहित्यप्रेमीहरू आइरहेका छन्।
त्यस्तै, देश-विदेशबाट २०० जना साहित्यकार, राजनीतिकर्मी, लेखक, पत्रकार, कलाकार पोखरा पुगेका छन्। महोत्सवमा ५० वटा सेसन र साङ्गीतिक कार्यक्रम हुनेछन्।
पुस ६ गतेदेखि महोत्सव शुरू भए पनि दुई दिनदेखि साहित्य बहस तथा छलफल चलिरहेका छन्। महोत्सव पुस ११ गतेसम्म चल्नेछ।