एनसेलले तीन लाख नगदसहित ‘वुमन आइकन आइसीटी अवार्ड’ प्रदान गर्दै
महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले पुर्याएको योगदानको सम्मान गर्न एनसेलले ‘वुमन आइकन आइसीटी अवार्ड’ प्रदान गर्ने भएको छ।
पुस ८ मा काठमाडौंमा आयोजना हुने प्रतिष्ठित आइसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा एनसेलले उक्त अवार्ड प्रदान गर्ने भएको हो। ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड’ विजेतालाई तीन लाख नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ।
एनसेलले दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलालाई सम्मान र उत्प्रेरित गर्न वुमन आइकन आइसीटी अवार्ड प्रदान गर्दै आएको छ। गतवर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड’बाट सम्मानित भएकी थिइन्।
महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीरूरुले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन नीति अनुरुप एनसेलले आइसीटी अवार्डमा आवद्ध भई यो अवार्ड प्रदान गर्दै आएको जनाएको छ।
सरकारी र निजी क्षेत्रका उच्च व्यक्तित्वको सहभागितामा आइसीटी अवार्डको ग्रान्ड फिनाले हुँदै छ। फिनालेमा वुमन आइकन सहित १२ बढी विधामा आइसीटी अवार्ड वितरण गरिँदै छ।