कीर्ते गरेर ब्यांकबाट ७० लाख निकालेको आरोपमा गुठीका महन्त पक्राउ
कीर्ते गरेर ब्यांकबाट ७० लाख रुपैयाँ निकालेको आरोपमा प्रहरीले महोत्तरीको मटिहानी गुठीका महन्त जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार, महन्त वैष्णवले रुपन्देहीस्थित मेगा ब्यांक शाखाबाट ७० लाख रुपैयाँ झिकेका छन्। कीर्ते गरी रकम झिकेको आरोपमा लक्ष्मीनारायण मठबाट आज बिहान उनलाई पक्राउ गरिएको हो।
महन्त वैष्णवको नाममा रुपन्देहीस्थित मेगा ब्यांकको खातामा ७० लाख रुपैयाँ थियो। सरकारले उनको खाता रोक्का राखेको थियो।
महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट सो रकम झिकेको आरोपमा महन्तलाई पक्राउ गरिएको एपसपी पंगेनीले बताए।
सरकारी हस्ताक्षर कीर्ते गरेको आरोपमा पक्राउ गरिएको महन्तलाई आवश्यक कारबाहीका लागि रुपन्देही पठाइएको महोत्तरी उनले बताए।