यी हुन् बागमती प्रदेशका ११० सांसद
निर्वाचन आयोगले शनिबार बागमती प्रदेश सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ।
आयोगका सचिव गोकर्णमणि दुवाडीले बागमतीका प्रदेश प्रमुख शर्मालाई प्रतिवेदन बुझाएका हुन्। प्रदेश प्रमुख समक्ष निर्वाचन आयोगले प्रदेशको अन्तिम चुनावी प्रतिवेदन बुझाएसँगै प्रदेश सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।
यससँगै प्रदेश सभा बैठक बोलाउने तयारी भएको छ। पुस पहिलो साता नै बैठक बोलाउने तयारी भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभा निर्वाचनको परिणाम घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
सभामुख तथा उपसभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने व्यवस्था छ।
त्यस्तै, संविधानको धारा १६८ को उपधारा १ मा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ। तर, कुनै पनि दलको बहुमत आएको छैन।
त्यसैले, संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री चयन गरिनेछ। यसका लागि दलहरूले आगामी माघ १ गतेभित्र प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुपर्नेछ।
यस अनुसार मुख्यमन्त्री चयन हुन नसके प्रदेश सभामा सबैभन्दा ठूलो दलका संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन्। त्यति वेला सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता मुख्यमन्त्री हुन सक्नेछन्।
बागमती प्रदेशका सांसद:
नेपाली कांग्रेस
१) कुन्दनराज काफ्ले
२) रामकुमार पहाडी
३) छेत्रबहादुर बम्जन
४) इन्द्रबहादुर बानियाँ
५) प्रभात तामाङ
६) मधुकुमार श्रेष्ठ
७) गोविन्द लम्साल
८) रमेशकुमार महत
९) बहादुरसिंह लामा
१०) दीपेन्द्र श्रेष्ठ
११) सुरजचन्द्र लामिछाने
१२) छिरिङ दोर्जे लामा
१३) विमल ठकुरी
१४) श्रीराम लामिछाने
१५) श्यामबहादुर खड्का
१६) हरिप्रभा खड्की
१७) पुकार महर्जन
१८) सुरेश श्रेष्ठ
१९) मीनकृष्ण महर्जन
२०) रामकृष्ण चित्रकार
२१) तीर्थबहादुर लामा
२२) कञ्चन चन्द्र वादे
२३) मसिना खड्का
२४ं कृष्णकुमार तामाङ
२५) उत्तम जोशी
२६) समिता खड्की श्रेष्ठ
२७) लक्ष्मीदेवी श्रेष्ठ
२८) गीता गुरुङ
२९) यमुनादवी श्रेष्ठ
३०) याङ्गकिला शेर्पा रुइत
३१) माया श्रेष्ठ
३२) शिवराज अधिकारी
३३) उर्मिला नेपाल
३४) मीना पोखरेल
३५) शान्ता ढकाल
३६) विनु रायमाझी पौडेल
३७) सुना परियार
नेकपा (एमाले)
१) भरतबहादुर केसी
२) एकालाल श्रेष्ठ
३) जयराम थापा
४) अमनकुमार मास्के
५) प्रकाश श्रेष्ठ
६) केशवप्रसाद पोखरेल
७) किरण थापामगर
८) मधुसुदन पौडेल
९) रामेश्वर श्रेष्ठ
१०) रघुनाथ महर्जन
११) प्रेमभक्त महर्जन
१२) जगन्नाथ थपिलया
१३) कृष्णप्रसाद सिलवाल
१४) बिन्दु श्रेष्ठ
१५) माइली तामाङ
१६) सुकुमाया तामाङ
१७) शकुन्तला श्रेष्ठ राजभण्डारी
१८) उर्मिला सुनुवार
१९) आनन्दकुमार श्रेष्ठ
२०) ज्ञानबहादुर तामाङ
२१) ठूला थामी
२२) भारती कुमारी
२३) अप्सरा चापागाईं
२४) मायाकुमारी कार्की
२५) दिनेशचन्द्र देवकोटा
२६) हरिप्रसाद सापकोटा
२७) बालकुमारी विश्वकर्मा
नेकपा (माओवादी केन्द्र)
१) युवराज चौलागाईं
२) तारानारायण श्रेष्ठ
३) मातृकाप्रसाद भट्टराई
४) गंगानारायण श्रेष्ठ
५) प्रेमबहादुर पुलामी
६) कुमारी मोक्तान
७) इन्द्रप्रसाद गोतामे
८) शालिकराम जम्कट्टेल
९) राधिका तामाङ
१०) रामप्रसाद ढुंगाना
११) रत्नप्रसाद ढकाल
१२) युवराज दुलाल
१३) सरल सहयात्री पौडेल
१४) ठाकुरप्रसाद ढकाल
१५) देवेन्द्र श्रेष्ठ
१६) उर्मिलाकुमारी लामा
१७) सुष्मा भुजेल
१८) डोल्मा थामी
१९) ईश्वर सापकोटा
२०) अमृता नेपाल
२१) रुकु चौलागाईं
राष्ट्रिय प्रजातन्त्र पार्टी
१) डम्बर तामाङ
२) सुनील केसी
३) राजु विष्ट
४) राजेन्द्र प्रजापति
५) उद्धव थापा
६) नुरज बज्राचार्य
७) गिरबहादुर तामाङ
८) कुमारी तामाङ
९) आशा लामा
१०) धनेश्वरी प्रजापति
११) मोनिका श्रेष्ठ
१२) भुवनकुमार पाठक
१३) लक्ष्मी घिमिरे
नेकपा (एकीकृत समाजवादी)
१) वसन्तप्रसाद मानन्धर
२) रमा आलेमगर
३) राजेन्द्रमान श्रेष्ठ
४) लक्ष्मण लम्साल
५) कृष्णप्रसाद खनाल
६) ओमकुमारी श्रेष्ठ
७) मायादेवी शर्मा
नेपाल मजदूर किसान पार्टी
१) सिर्जना सायजू
२) गीता काफ्ले
३) सुरेन्द्रराज गोसाईं
हाम्रो नेपाल पार्टी
१) शैलेन्द्रमान बज्राचार्य
२) सरिता खड्गी