स्ट्यान्डर्ड चार्टर्ड ब्यांकको साधारणसभाबाट १६.५१ प्रतिशत लाभांश पारित
स्ट्यान्डर्ड चार्टर्ड ब्यांकको ३६औं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ।
साधारणसभाले ब्यांकको सञ्चालक समितिले शेयरधनी लगानीकर्तालाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट प्रस्ताव गरेको १६.५१ प्रतिशत नगद लाभांशलाई पारित गरेको छ। ब्यांकले गत आर्थिक वर्षमा दुई अर्ब २६ करोड खुद मुनाफा कमाएको थियो। गत वर्ष ब्यांकको निक्षेप ६.२ प्रतिशत बढेर एक खर्ब दुई अर्ब पुगेको थियो।
ब्यांकले अविनाश अग्रवाललाई सर्वसाधारण लगानीकर्ताको तर्फबाट नयाँ सञ्चालकका रुपमा नियुक्त गरेको छ। कार्यक्रममा ब्यांककी अध्यक्ष जरिन दारुवालाले शेयरधनी लगानीकर्तालाई उच्च प्रतिफल दिँदै ग्राहकलाई गुणस्तरीय सेवा दिन ब्यांक सधै प्रयत्नशील रहने प्रतिबद्धता जनाइन्।