टाटा मोटर्सको इन्जिन केयर क्याम्प शुरू
सिप्रदी ट्रेडिङले टाटा कमर्सियल गाडीका लागि इन्जिन केयर क्याम्पको आयोजना गरेको छ।
मंसीर २६ गते टाटा मोटर्स ग्राहक सेवा विभाग सार्क क्षेत्र प्रमुख वेंकटेश आलबलले एक समारोहबीच क्याम्पको शुभारम्भ गरेका छन्। टाटा मोटर्सको नयाँ प्रविधियुक्त गाडीलाई विशेष रुपमा जाँच, मर्मतसम्भार गरी गाडीको कार्य क्षमता वृद्धि गराउन यस्तो कार्यक्रमको आयोजना गरिएको सिप्रदीले जनाएको छ। सिप्रदी ट्रेडिङ टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता हो।
यस क्याम्पमा सहभागी सम्पूर्ण गाडीको निःशुल्क जाँच हुनुका साथै स्पेयर पार्टसमा १५ प्रतिशत छुट र कम्पनीले तोकेका पार्टसमा ५० प्रतिशतसम्म छुट व्यवस्था छ। त्यसैगरी, इन्जिन आयल (ल्युव्रिकेन्ट) मा २० प्रतिशत छुट, श्रमिक शुल्कमा २५ प्रतिशत छुट एवं चालकका लागि नयाँ प्रविधिका गाडीमा गर्नु पर्ने तथा गर्न नहुने कामबारे निःशुल्क तालिमको सुविधा रहेको कम्पनीले जनाएको छ।
सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरमा पुस १५ गतेसम्म क्याप सञ्चालन हुनेछ।