एकीकृत समाजवादीले छान्यो प्रदेशका समानुपातिक सांसद
नेकपा (एकीकृत समाजवादी) ले प्रदेश सभातर्फ समानुपातिक सांसदको नाम सिफारिश गरेको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको स्थायी समितिको पूर्ण बैठकले नाम टुंगो लगाएको प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार प्रदेश १ मा विद्या चाम्लिङ राई सिफारिश भएकी छन् भने मधेश प्रदेशबाट रत्नेश्वर गोइत यादव, किशोरी देवी र लक्ष्मी देवीको नाम सिफारिश भएको छ।
त्यस्तै, बागमती प्रदेशबाट मायादेवी शर्मा र ओमकुमारी श्रेष्ठ र लुम्बिनी प्रदेशबाट भगवती अधिकारीको नाम सिफारिश भएको छ। कर्णालीबाट कल्याणी खड्का र सुदूरपश्चिमबाट माया पन्त प्रदेश सभा सदस्यमा सिफारिश भएकी छन्।