माओवादीद्वारा समानुपातिक सांसदमा १४ जना सिफारिश (सूची)
नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभाको समानुपातिकतर्फ १४ सांसदको नाम सिफारिश गरेको छ।
माओवादीले १४ जनामध्ये १२ जना महिला पठाएको छ। खसआर्य र दलितबाट मात्रै दुई जना पुरुषको नाम सिफारिश गरेको छ।
खस आर्य पुरुषमा हितराज पाण्डे सिफारिश भएका छन्। त्यस्तै, खस आर्य महिलामा विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिश भएका छन्।
आदिवासी जनजातितर्फ सबै महिला सिफारिश भएका छन्। जसमा दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ छन्।
निर्वाचन आयोगलाई बुझाएको सूचीमा मधेशीतर्फ पनि दुवै महिला छन्। जसमा मीना यादव र उमरावती देवी यादव सिफारिश भएका छन्।
दलितमा पुरुषतर्फ रणेन्द्र बराली तथा महिलातर्फ सुशीला श्रीपाली ठकुरी सिफारिश भएका छन्। थारु महिलाबाट रुपा सोसी चौधरी र मुस्लिम महिलाबाट कल्पना मियाँको नाम सिफारिश गरिएको छ।