पहिलो क्वार्टरफाइनलमा क्रोएशिया र ब्राजिल भिड्दै, को कति बलियो?
फिफा विश्वकप अन्तर्गत आजबाट क्वार्टरफाइनलका खेल हुँदै छन्। पहिलो खेलमा क्रोएशिया र ब्राजिल भिड्नेछन्।
यो खेल नेपाली समय अनुसार राति ८:४५ बजे कतारको इजुकेशन सिटी रङ्गशालामा हुनेछ। यो रङ्गशालाको क्षमता ४४ हजार ६६७ दर्शक अटाउने रहेको छ।
क्रोएशिया जापानलाई पेनाल्टीमा हराउँदै क्वार्टरफाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेका थिए। त्यसपछि पेनाल्टीमा क्रोएशियाले जापानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
त्यस्तै, दक्षिण कोरियालाई हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो। ब्राजिलले दक्षिण कोरियासँगको प्रिक्वार्टरफाइनल खेल ४-१ गोल अन्तरले जितेको थियो।
अहिलेसम्म विश्वकप र अन्य गरी क्रोएशिया र ब्राजिलले चार खेलमा प्रतिस्पर्धा गरेका छन्। चारै खेल ब्राजिलले जितेको छ।
क्रोएशियाले दक्षिण अमेरिकी देश विरुद्ध खेलका विश्वकपका पाँच खेलमा चार खेल हारेको छ। सन् २०१८ मा अर्जेन्टिनासँग भनेको जितेको थियो। ब्राजिलसँग खेलेका विश्वकपका दुवै खेल हारेको छ।
त्यस्तै, ब्राजिलले पनि विश्वकपमा यूरोपियन देशसँग खेलेका नकआउट चरणका पछिल्ला पाँच वटै खेल हारेको छ। सन् २००२ को फाइनलमा ब्राजिलले जर्मनीलाई हराएको थियो, त्यसयता यूरोपियन टोलीलाई नकआउट चरणमा हराउन सकेको छैन।
सन् २०१८ को विश्वकप फाइनल बाहेक क्रोएशिया विश्वकप र यूरोकपमा खेलका नकआउट चरणका आठ खेलमध्ये सात खेल पेनाल्टीमा पुगेका छन्। जसमा क्रोएसियाले चार खेल जितेको छ।
आज क्रोएशियालाई पराजित गरेमा ब्राजिलको सेमिफाइनल यात्रा नौ पटक हुनेछ। सबैभन्दा बढी १२औं पटक जर्मनी सेमिफाइनलमा पुगेको छ।