गुजरातमा भाजपा र हिमाचलमा कांग्रेसको अग्रता
भारतको गुजरात र हिमाचल विधान सभाको चुनावको मतगणना भइरहेको छ। प्रारम्भिक मतगणनामा गुजरातमा भारतीय जनता पार्टी (भाजपा) र हिमाचलमा कांग्रेस पार्टीले अग्रता लिएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार गुजरात विधान सभाका १८२ सीटमा मतगणना चलिरहेको छ। जसमा भाजपाले तीन सीट जितेको छ भने १५२ सीटमा अग्रता लिएको छ।
त्यस्तै, कांग्रेसले एक सीट जितेको छ भने १५ सीटमा अग्रता लिइरहेको छ। आम आदमी पार्टीले सात सीटमा मात्रै अग्रता लिएको छ। बहुमतका लागि ९२ सीट आवश्यक पर्छ।
यसअघि २०१७ मा भएको चुनावमा भाजपाले ९९ र कांग्रेसले ७८ सीट जितेका थिए। त्यस्तै, बीटीपीले दुई, एनसीपीले एक र दुई जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए।
हिमाचलमा कांग्रेसले अग्रता लिइरहेको छ। राज्यसभाका ६८ सीटका लागि भएको चुनावमा कांग्रेसले २७ र भाजपाले ३८ सीटमा अग्रता लिएका छन्। स्वतन्त्र उम्मेदवारले तीन सीटमा अग्रता लिएका छन्। बहुमतका लागि ३५ सीट आवश्यक पर्छ।
यसअघि २०१७ मा भएको चुनावमा भाजपाले ४४ सीट र कांग्रेसले २१ सीट जितेका थिए। यो राज्यमा भाजपाको सरकार रहेको थियो।