प्रतिनिधि सभामा कुनै सीट नजितेका दुई पार्टी प्रदेश सभामा आए
प्रतिनिधि सभामा एक सीट पनि जित्न नसकेका नेपाल संघीय समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीले प्रदेश सभामा एक-एक सीट जितेका छन्।
पूर्व गृह राज्यमन्त्री रिजवान अन्सारी अध्यक्ष रहेको नेपाल संघीय समाजवादी पार्टीले मधेश प्रदेशमा समानुपातिक तर्फ एक सीट पाएको हो। बस चुनाव चिह्न भएको यो पार्टीले मधेश प्रदेशमा ५० हजार १८८ मत पाएको छ।
त्यस्तै, अनन्तराज घिमिरे नेतृत्वको हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सभा सदस्यमा एक सीट पाएको छ। लौरो चुनाव चिह्न पाएको यो पार्टीले ४७ हजार ९६२ मत ल्याएको छ।
प्रदेश सभामा समानुपातिक तर्फ साढे १ प्रतिशतको 'थ्रेसहोल्ड' छ। यी दुवै पार्टीले प्रदेश सभामा 'थ्रेसहोल्ड' कटाएका हुन्।