दोलखामा एमाले उम्मेदवार सिवाकोटी ३० मतले अगाडि
दोलखामा नेकपा (एमाले) उम्मेदवार बालकृष्ण शिवाकोटीले ३० मतले अग्रता लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, सोमबार बिहानसम्म एमाले उम्मेदवार सिवाकोटीले ३३ हजार ९३९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले ३३ हजार ९०९ मत पाएका छन्।
गएरातिसम्म माओवादी उम्मेदवार कार्कीले अग्रता लिइरहेका थिए। आज बिहान एमाले उम्मेदवार सिवाकोटीले अग्रता लिएका हुन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले तीन हजार ५०४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ६११ र नेकपा (माले)का खिमबहादुर सिवाकोटीले १८८ मत पाएका छन्।
मतगणना अन्तिम चरणका पुगेको छ। अब चार वटा मतदानस्थलको मतगणना बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अब शैलुङ गाउँपालिकाका दूधपोखरी र भुसाफेदा, मेलुङ गाउँपालिकाको पवटी र बिगु गाउँपालिकाको लामाबगर मतदानस्थलको मतगणना गर्न बाँकी छ।