धनराज झण्डै ६ हजार मतले अगाडि, दोलखा र बाजुरामा तीव्र प्रतिस्पर्धा
स्याङ्जा-२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङ झण्डै ६ हजार मतले अगाडि छन् भने दोलखा र बाजुरामा प्रतिस्पर्धा रोचक बनेको छ।
निर्वाचन आयोगका अनुसार, शनिबार अपराह्न ३ बजेसम्म स्याङ्जा-२ मा कांग्रेस उम्मेदवार गुरुङले पाँच हजार ७७२ मतको अग्रता बनाएका छन्। शनिबार बिहान दुई हजार मतको अग्रता थियो।
उनले २८ हजार ४२६ मत पाएका छन् भने नेकपा (एमाले)की उम्मेदवार पद्मा अर्यालले २२ हजार ६५४ मत पाएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले सात हजार ६९४ मत पाएका छन्।
दोलखामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्की र एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। शनिबार बिहानभन्दा अहिले कार्कीले मतान्तर बढाएका छन्।
उनले १० हजार ७३७ मत पाएका छन् भने एमाले उम्मेदवार सिवाकोटीले नौ हजार ४७७ मत पाएका छन्। तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले १३५ मत पाएका छन्।
यस्तै, बाजुरामा कांग्रेस उम्मेदवार बद्री पाण्डेले १४ हजार २१५ मत पाएका छन् भने एमाले उम्मेदवारले १२ हजार ५५७ मत पाएका छन्। शनिबार बिहानको तुलनामा अहिले एमाले उम्मेदवार थापाले मतान्तर घटाएका छन्।
तेस्रो नम्बरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगकुमार गिरीले २२ मत पाएका छन्।