स्याङ्जा र बाजुरामा कांग्रेसकै अग्रता, कसको मत कति?
स्याङ्जा-२ र बाजुरामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन्।
शुक्रबार बिहानसम्म भएको गणनाअनुसार, स्याङ्जामा कांग्रेस उम्मेदवार धनराज गुरुङ दुई हजारभन्दा बढी मतले अगाडि छन्। उनले ११ हजार ९२० मत पाएका छन् भने नेकपा (एमाले) उम्मेदवार पद्मा अर्यालले नौ हजार ५०२ मत पाएकी छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराम गुरुङले पाँच हजार १९२, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले १८०, मंगोलियन नेशलन अर्गनाइजेशनका चोकबहादुर गुरुङले ८२, एकीकृत शक्ति नेपालका नरबहादुर खड्काथोकीले नौ र स्वतन्त्र उम्मेदवार सागर ढकालले ६ मत पाएका छन्।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा पनि कांग्रेस उम्मेदवार बद्री पाण्डे एक हजारभन्दा बढी मतले अगाडि छन्। पाण्डेले पाँच हजार ३९९ मत पाएका छन् भने एमालेका कर्ण थापाले चार हजार १३० मत पाएका छन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगबहादुर गिरीले २२, स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले १९ र जनसमाजवादी पार्टी नेपालका रामबहादुर शाहीले ११ मत पाएका छन्।