सञ्चार मन्त्री कार्कीको जितसँगै कांग्रेस ५५ क्षेत्रमा विजयी
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएसँगै नेपाली कांग्रेसले प्रतिनिधि सभामा ५५ सीटमा जित निकालेको छ।
सुनसरी-४ बाट सत्ता गठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका कार्की ३० हजार ४८३ मत सहित निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन्। यस्तै‚ राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले तीन हजार २३२ मत प्राप्त गरेका छन्।
अहिलेसम्म कांग्रेसले ५५‚ नेकपा एमाले ४४‚ नेकपा (माओवादी केन्द्र) १७‚ नेकपा (एकीकृत समाजवादी) १०‚ जनता समाजवादी पार्टी सात‚ राष्ट्रिय प्रजातन्त्र पार्टी सात‚ राष्ट्रिय स्वतन्त्र पार्टी सात‚ लोकतान्त्रिक समाजवादी पार्टी चार‚ नागरिक उन्मुक्ति पार्टी तीन‚ राष्ट्रिय जनमोर्चा एक‚ नेपाल मजदूर किसान पार्टी एक‚ जनमत पार्टी एक र स्वतन्त्र उम्मेदवारले पाँच क्षेत्रमा जित निकालेका छन्।