स्याङ्जा-२ मा कांग्रेसका गुरुङले लिए अग्रता
स्याङ्जा-२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अग्रता कायम गरेका छन्।
सत्ता गठबन्धनका उम्मेदवार गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की सचिव पद्मा अर्याललाई ६५४ मतान्तरले पछि पारेका हुन्। निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार‚ हालसम्म गुरुङले तीन हजार ९०१ र अर्यालले तीन हजार २४७ मत प्राप्त गरेका छन्।
स्याङ्जा–२ मा बुधबार रातिदेखि मतगणना शुरू भएको हो। हालसम्म गल्याङ नगरपालिका वडा नं ६ र ७ तथा भीरकोट नगरपालिका वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ।