समानुपातिकतर्फ कुन दलको कति मत?
प्रतिनिधि सभाको समानुपातिकतर्फको एक करोड दुई लाख २२ हजार २२२ मत गणना हुँदा नेकपा (एमाले)को अग्रता कायमै छ।
बिहीबार बिहानसम्म एमालेले २७ लाख २८ हजार ३०५ मत प्राप्त गरेको छ। यस्तै‚ दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत र तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५४ हजार ५९१ मत प्राप्त गरेका छन्।
यस्तै‚ राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ६ हजार ९१‚ राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८० हजार ४३४‚ जनता समाजवादी पार्टीले चार लाख १२ हजार ८५८ र जनमत पार्टीले तीन लाख ८१ हजार ४२४ मत प्राप्त गरेका छन्।
कुन पार्टीको कति मत?
नेकपा (एमाले)- २७,२८,३०५
नेपाली कांग्रेस- २५,९६,४२३
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी- ११,५४,५९१
राष्ट्रिय स्वतन्त्र पार्टी- ११,०६,०९१
राष्ट्रिय प्रजातन्त्र पार्टी- ५,८०,४३४
जनता समाजवादी पार्टी- ४,१२,८५८
जनमत पार्टी-३,८१,४२४
नेकपा (एकीकृत समाजवादी)- २,९२,१५८
नागरिक उन्मुक्ति पार्टी- २,६८,७०८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल- १,६०,४६६
नेपाल मजदूर किसान पार्टी- ७३,९२९
हाम्रो नेपाली पार्टी- ५४,४७५
मंगोल नेशनल अर्गनाइजेशन- ४७,९०८
राष्ट्रिय जनमोर्चा- ४६,१७६
नेपाल संघीय समाजवादी पार्टी- ४१,२३८
नेकपा (माले)- ३०,१६४
राष्ट्रिय जनमुक्ति पार्टी- २३,४२१
जनता प्रगतिशील पार्टी, नेपाल- १७,९७५
नेपाल आमा पार्टी‚ नेपाल नौलो जनवादी पार्टी‚ सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी- १७,७८०
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च- १७,६४८
बहुजन एकता पार्टी नेपाल- १६,९५३
नेपाली कांग्रेस (बी.पी.)- १२,२२३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल- १२,१२३
नेपाली जनता दल- ९,८०३
बहुजन शक्ति पार्टी- ९,४०७
नेपालका लागि नेपाली पार्टी- ८,२३९
नेपाल कम्युनिष्ट पार्टी- ७,८९७
नेपाल जनता पार्टी- ७,३५५
नेपाल लोकतान्त्रिक पार्टी- ७,२८५
नेकपा मार्क्सवादी (पुष्पलाल)- ७,२७१
मितेरी पार्टी नेपाल- ७,००४
जनजागरण पार्टी नेपाल- ६,३९४
आमूल परिवर्तन मसिहा पार्टी नेपाल- ६,३५१
जनसमाजवादी पार्टी, नेपाल- ५,७९१
सामाजिक एकता पार्टी‚ नेकपा (समाजवादी) र नेपाल दलित पार्टी- ५,७२४
तराई मधेश लोकतान्त्रिक पार्टी- ५,२०५
पिछडावर्ग निषाद दलित जनजाति पार्टी- ४,९२८
विवेकशील साझा पार्टी- ३,९८७
एकीकृत शक्ति नेपाल- ३,६८३
नेकपा माओवादी समाजवादी- ३,६६६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)- ३,३३२
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल- ३,२९४
मौलिक जरोकिलो पार्टी- ३,१५९
नेपाल समावेशी पार्टी- २,७०९
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन- २,१५४
राष्ट्रिय नागरिक पार्टी- २,११२
नेश्नलिष्ट पिपल्स पार्टी- २,००१