सञ्चार मन्त्री कार्कीलाई एमालेका कुसियैतले पछि पारे
सुनसरी-४ बाट उम्मेदवार रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की झिनो मतले पछि परेका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता कार्कीलाई नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतले पछाडि पारेका हुन्। बिहीबार बिहानको गणनामा कुसियैतले २९ हजार ९६६ मत प्राप्त गरेका छन् भने कार्कीले २९ हजार ९३९ मत प्राप्त गरेका छन्।
यस्तै‚ राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादवले तीन हजार १६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले तीन हजार १२७ मत प्राप्त गरेका छन्।