सीके राउतको पार्टीले समानुपातिकमा तीन लाख कटायो
चन्द्रकान्त राउत (सीके) अध्यक्ष रहेको जनमत पार्टीले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ तीन लाख एक हजार ६२० मत प्राप्त गरेको छ।
९६ लाख मत गणना हुँदा जनमत पार्टीले तीन लाख मत कटाएको हो। राष्ट्रिय दल बन्न सदर मतको कम्तीमा तीन प्रतिशत र पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक सीट जित्नुपर्ने प्रावधान छ। जनमत पार्टीका अध्यक्ष राउत प्रत्यक्षतर्फबाट सांसद निर्वाचित भइसकेका छन्।
गणना भएको मत हेर्दा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले तीन प्रतिशत मत पाउने देखिएको छ।
९६,०२, ५७६ मत गणना हुँदाः
एमाले- २५,९३,४६६
कांग्रेस- २४,५७,३०३
माओवादी र नेपाल समाजवादी- ११,०४,८३३
राष्ट्रिय स्वतन्त्र पार्टी- १०,७४,१९६
राष्ट्रिय प्रजातन्त्र पार्टी- ५,५२,८७४
जनता समाजवादी पार्टी- ३,५८,९२२
जनमत पार्टी- ३,०१,६२०
नेकपा (एकीकृत समाजवादी)- २,६५,५४७
नागरिक उन्मुक्ति पार्टी- २,४५,३०५
लोकतान्त्रिक समाजवादी पार्टी- १,३८,४०८
नेपाल मजदूर किसान पार्टी- ७३,१६९
हाम्रो नेपाली पार्टी- ५३,३५२
मंगोल नेशनल अर्गनाइजेशन- ४६,५०१
राष्ट्रिय जनमोर्चा- ४५,३०५
नेपाल संघीय समाजवादी- ५,५५३
नेकपा (माले)- २८,३६७
राष्ट्रिय जनमुक्ति पार्टी- २२,९५०
जनता प्रगतिशिल पार्टी- १७,२८९
नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाली पार्टी र नेपाल सुशासन पार्टी- १७,२७७
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च- १७,१५६
बहुजन एकता पार्टी नेपाल- १५,६३४
नेपाली कांग्रेस (बीपी)- ११,४९४
राप्रपा नेपाल- १०,८६०
नेपाली जनता दल- ८,९६२
नेपालका लागि नेपाली पार्टी- ७,८४२
नेपाल जनता पार्टी- ६,९४८
नेपाल कम्युनिष्ट पार्टी- ६,९४८
नेकपा मार्क्सवादी (पुष्पलाल)- ६,८४०
बहुजन शक्ति पार्टी- ६,८३२
नेपाल लोकतान्त्रिक पार्टी- ६,७१४
मितेरी पार्टी नेपाल- ६,३४३
आमूल परिवर्तन मसिहा पार्टी- ६,१५०
जनजागरण पार्टी नेपाल- ५,८१८
सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टी- ५,४८४
जनसमाजवादी पार्टी- ५,२९७
पिछडावर्ग निषाद दलित जनजाति पार्टी- ४,०३६
विवेकशील साझा पार्टी- ३,८२५
नेकपा माओवादी समाजवादी- ३,५२७
एकीकृत शक्ति नेपाल- ३,२२९
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)- ३,०९८
राष्ट्रिय मुक्ति आन्दोलन- ३,०९४
मौलिक जरोकिलो पार्टी- ३,०३३
तराई मधेश लोकतान्त्रिक पार्टी- २,९३१
नेपाल समावेशी पार्टी- २,५१७
नेकपा परिवर्तन- १,९८६
नेश्नलिष्ट पिपल्स पार्टी- १,८९८
राष्ट्रिय नागरिक पार्टी- १,८४३