धनुषा-४ मा एमाले सचिव रघुवीर महासेठ निर्वाचित
धनुषा-४ मा नेकपा (एमाले)का सचिव रघुवीर महासेठ निर्वाचित भएका छन्।
महासेठले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गरेका हुन्। महासेठले ३२ हजार २३६ मत र यादवले ३२ हजार ११२ मत प्राप्त गरेका छन्।
मतगणनाका क्रममा दुईबीच कडा प्रतिस्पर्धा थियो। महासेठ २०७४ को निर्वाचनमा समेत यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए। उनको जितसँगै एमालेले मधेश प्रदेशमा नौ वटा प्रतिनिधि सभा क्षेत्र जितेको छ।