विजय गच्छदारभन्दा भगवती चौधरी साढे चार हजार मतले अगाडि
सुनसरी-३ मा नेकपा (एमाले) उम्मेदवार भगवती चौधरीले साढे चार हजार मतको अग्रता बनाएकी छन्।
निर्वाचन आयोगका अनुसार, सोमबार २ बजेसम्म करीब ७२ हजार मत गणना हुँदा चौधरीले ३१ हजार २४५ मत पाएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले २६ हजार ५८८ मत पाएका छन्।
२०७४ सालको निर्वाचनमा गच्छदार चौधरीलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। यसपटक भने चौधरीले शुरूआतदेखि नै अग्रता लिइरहेकी छन्।