समानुपातिकमा माओवादीलाई उछिन्दै रास्वपा तेस्रो स्थानमा, अन्य दलको मत कति?
प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणनामा माओवादी केन्द्रलाई स्वतन्त्र पार्टीले पछि पारेको छ।
९३ लाख मत गणना हुँदा नेकपा (माओवादी केन्द्र)लाई पछि पार्दै नव गठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेस्रो स्थानमा उक्लिएको हो। पछिल्लो मत परिणाम अनुसार‚ रास्वपाले १० लाख ६३ हजार ३६३ मत छ। माओवादी केन्द्रको १० लाख ६२ हजार ६७१ मत छ।
यस्तै‚ नेकपा (एमाले) २५ लाख ३३ हजार मत सहित पहिलो र नेपाली कांग्रेस २४ लाख मत सहित दोस्रो स्थानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ४५ हजार र जनता समाजवादी पार्टीले तीन लाख २६ हजार मत पाएका छन्।
९३ लाख चार हजार ५४० मत गणना हुँदा:
एमालेः २५,३३,७०६
कांग्रेसः २३,९९,४९०
राष्ट्रिय स्वतन्त्र पार्टीः १०,६३,६६३
माओवादी केन्द्र र नेपाल समाजवादीः १०,६२,६७१
राष्ट्रिय प्रजातन्त्र पार्टीः ५,४५,६१६
जनता समाजवादी पार्टीः ३,२६,३३२
जनमत पार्टीः २,६२,८२६
नेकपा (एकीकृत समाजवाद): २,५२,००५
नागरिक उन्मुक्ति पार्टीः २,३७,९६२
लोकतान्त्रिक समाजवादी पार्टीः १,२७,९१७
नेपाल मजदूर किसान पार्टीः ७२,७९८
हाम्रो नेपाली पार्टीः ५२,८४२
मंगोल नेशनल अर्गनाइजेशनः ४५,६४१
राष्ट्रिय जनमोर्चाः ४४,८७३
नेपाल संघीय समाजवादीः ३१,२२९
नेकपा(माले): २६,९७०
राष्ट्रिय जनमुक्ति पार्टीः २२,७१५
बच्चा काखमा लिएकी आमा (चार पार्टी): १६,९९०
जनता प्रगतिशील पार्टीः १६,९६१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चः १६,७००
बहुजन एकता पार्टी नेपालः १२,००४
नेपाली कांग्रेस (बीपी): ११,३८४
राप्रपा नेपालः १०,५८२
नेपाली जनता दलः ८,४४५
नेपालका लागि नेपाली पार्टीः ७,७०६
बहुजन शक्ति पार्टीः ६,६७३
नेपाल लोकतान्त्रिक पार्टीः ६,६४७
नेपाल कम्युनिष्ट पार्टीः ६,६३१
नेकपा मार्क्सवादी (पुष्पलाल): ६,६२०
नेपाल जनता पार्टीः ६,५५७
मितेरी पार्टी नेपालः ६,२२६
आमूल परिवर्तन मसिहा पार्टीः ६,०४२
जनजागरण पार्टीः ५,५७१
गितार (चार पार्टी): ५,३५८
जनसमाजवादी पार्टीः ५,११४
विवेकशील साझा पार्टीः ३,७५९
नेकपा माओवादी समाजवादीः ३,४५९
पिछडावर्ग निषाद दलित जनजाति पार्टीः ३,४२०
एकीकृत शक्ति नेपालः ३,१५२
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट): २,९९८
राष्ट्रिय मुक्ति आन्दोलनः २,९८९
मौलिक जरोकिलो पार्टीः २,९७६
तराई मधेश लोकतान्त्रिक पार्टीः २,५८५
नेपाल समावेशी पार्टीः २,३७०
नेपाल कम्युनिष्ट पार्टी परिवर्तनः १,८७९
राष्ट्रिय नागरिक पार्टीः १,७९२
नेशनालिस्ट पिपल्स पार्टीः १,६९४