समानुपातिकमा जसपाले तीन लाख कटायो, कुन दलको कति मत?
तीन प्रतिशत मत प्राप्त गरेर राष्ट्रिय मान्यता प्राप्त दलको संख्या कम्तीमा पाँच पुग्ने निश्चितप्रायः भएको छ।
पछिल्लो पटक जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिकतर्फ तीन लाख मत कटाएको छ। जसपाले मंसीर ११ गते दिउँसो साढे दुई बजेसम्म तीन लाख ३३० मत पाएको हो। राष्ट्रिय दलको मान्यता पाउन समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षतर्फ कम्तीमा एक सीट प्रत्यक्षमा जित्नुपर्छ।
यसअघि नै तीन प्रतिशतभन्दा बढी मत प्राप्त गरिसकेको नेकपा (एमाले) २३ लाख ९१ हजार ७७८ मत सहित पहिलो स्थानमा छ। नेपाली कांग्रेसले २२ लाख ८३ हजार ६९०, नेकपा (माओवादी केन्द्रले) नौ लाख ९९ हजार ८९० र राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख ५८ हजार ८०३ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ९ हजार ४४२ मत प्राप्त गरेको छ।
सिके राउत नेतृत्वको जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीले दुई लाखभन्दा बढी मत प्राप्त गरिसकेका छन्। यद्यपि, यी दलहरूको तीन प्रतिशत पु्ग्ने/नपुग्ने निश्चित भइसकेको छैन।
८७ लाख १ हजार ९९९ मत गणना हुँदाः
एमाले २३,९१,७७८
कांग्रेस २२,८३,६९०
माओवादी ९,९९,८९०
राष्ट्रिय स्वतन्त्र पार्टी ९,५८,७०३
राष्ट्रिय प्रजातन्त्र पार्टी ५,०९,४४२
जनता समाजवादी पार्टी ३,००,३३०
जनमत पार्टी २,३५,८०१
नेकपा (एकीकृत समाजवादी) २,३५,३५९
नागरिक उन्मुक्ति पार्टी २,०१,५०८
लोकतान्त्रिक समाजवादी पार्टी १,२२,६३६
नेपाल मजदुर किसान पार्टी ७०,३५९
हाम्रो नेपाली पार्टी ४९,०९०
मंगोल नेशनल अर्गनाइजेशन ४३,८९७
राष्ट्रिय जनमोर्चा ४३,३९७
नेपाल संघीय समाजवादी पार्टी ३०,२०१
नेकपा(माले) २५,२७५
राष्ट्रिय जनमुक्ति पार्टी १८,१२०
बच्चा काखमा लिएकी आमा (चार पार्टी) १६,१७९
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १५,६१४
जनता प्रगतिशिल पार्टी १५,४११
नेपाली काँग्रेस (बीपी) ११,०३३
बहुजन एकता पार्टी १०,६०३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १०,०४२
नेपाली जनता दल ७,९७२
नेपालका लागि नेपाली पार्टी ७,१०६
बहुजन शक्ति पार्टी ६,४०४
नेपाल लोकतान्त्रिक पार्टी ६,३७६
नेपाल जनता पार्टी ६,३५१
नेपाल कम्युनिष्ट पार्टी ६,१५१
नेकपा मार्क्सवादी (पुष्पलाल) ६,१०१
मितेरी पार्टी नेपाल ५,९९८
आमूल परिवर्तन मसिहा पार्टी ५,६०९
जनजागरण पार्टी ५,१०७
एकल चिन्ह गितार (चार पार्टी) ४,९९०
जनसमाजवादी पार्टी ४,७९१
नेकपा माओवादी समाजवादी ३,३४०
विवेकशील साझा पार्टी ३,३०४
पिछडावर्ग निषाद दलित जनजाति पार्टी ३,१५६
एकीकृत शक्ति नेपाल ३,००६
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) २,८४५
राष्ट्रिय मुक्ति आन्दोलन २,८३१
मौलिक जरोकिलो पार्टी २,७७२
तराई मधेश लोकतान्त्रिक पार्टी २,४५९
नेपाल समावेशी पार्टी २,२२४
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन १,६७९
राष्ट्रिय नागरिक पार्टी १,५७२
नेश्नलिष्ट पिपल्स पार्टी १,४९७