रामेछापबाट प्रतिनिधि सभा सदस्यमा तामाङ निर्वाचित
रामेछापबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार तामाङले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ मतान्तरले पराजित गरेका हुन्। तामाङले ४७ हजार ९८ मत र ढुंगेलले ३० हजार ७२९ मत प्राप्त गरेका छन्।
एक लाख ८० हजार १०६ मतदाता रहेको रामेछापमा ८८ हजार ६८० मत खसेको थियो। खसेको मतमध्ये ८३ हजार ८९९ मत सदर थियो।
यस्तै, प्रदेश सभा ‘क’ मा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का तारानारायण श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठले १७ हजार १४८ मत र निकटतम प्रतिद्वन्द्वी एमालेका शान्ति पौडेललाई १५ हजार १५७ प्राप्त गरेका छन्।
प्रदेश सभा ‘ख’ मा माओवादी केन्द्रका युवराज चौलागाईं निर्वाचित भएका छन्। चौलागाईंले २२ हजार ९७८ मत र निकटतम प्रतिद्वन्द्वी एमालेका मिलनकुमार घिसिङले १८ हजार २०५ मत प्राप्त गरेका छन्।