मोरङ-३ बाट कांग्रेसका सुनिल शर्मा निर्वाचित
मोरङ-३ बाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेकपा (एमाले)का उम्मेदवार भानुभक्त ढकाललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। २०७४ सालको चुनावमा ढकालले शर्मालाई पराजित गरेका थिए।
अहिले शर्माले ४८ हजार ६३१ मत पाउँदा ढकालले २५ हजार ८९५ मत पाए। तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले १० हजार ९९८ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास उप्रेतीले तीन हजार १७२ मत पाए।
मोरङ–३ मा २०७४ सालको निर्वाचनमा ढकाल ४२ हजार ४१३ मतका साथ निर्वाचित हुँदा शर्माले ४० हजार ५०६ मत पाएका थिए।