घनश्याम भुसाललाई हराउँदै छविलाल विश्वकर्मा निर्वाचित
रुपन्देही-१ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले)का उम्मेदवार छविलाल विश्वकर्मा निर्वाचित भएका छन्।
एमालेका सचिव विश्वकर्माले घनश्याम भुसाललाई तीन हजार ५६४ मतान्तरले पराजित गरेका हुन्। भुसाललाई सत्तारूढ गठबन्धनले समर्थन गरेको थियो।
निर्वाचन अधिकृतको कार्यालयको अन्तिम मतपरिणाम अनुसार, विश्वकर्माले २४ हजार ८७२ मत पाएका छन् भने भुसालले २१ हजार ३०८ मत पाएका छन्।
त्यस्तै, प्रतिस्पर्धामा रहेका नागरिक उनमुक्ति पार्टीका धनीराम चौधरीले १३ हजार ९४६, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेशबहादुर पछाईंले १४ हजार १३८ र स्वतन्त्र उम्मेदवार टीकाराम चापागाईंले तीन हजार ४८८ मत प्राप्त गरेका छन्।