पाल्पा-२ बाट एमालेका ठाकुर गैरे निर्वाचित
पाल्पा-२ बाट नेकपा (एमाले)का उम्मेदवार ठाकुर गैरे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार सोमप्रसाद पाण्डेलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। गैरेले २७ हजार ८१७ मत पाए भने पाण्डेले २३ हजार ८५१ मत पाए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरेले पाँच हजार १८०, मंगोल नेशलन अर्गनाइजेशनका मनबहादुर दर्लामीले एक हजार ४८८ र राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापाले ५१५ मत पाए।