महोत्तरी-२ बाट लोसपाका भण्डारी निर्वाचित
महोत्तरी-२ बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शरतसिंह भण्डारी फराकिलो मतान्तर सहित निर्वाचित भएका छन्।
भण्डारीले निकटतम प्रतिद्वन्द्वी तराई मधेश लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहले भन्दा १४ हजार ७० मत बढी लिएर निर्वाचित भएका हुन्। भण्डारीले २५ हजार १९० मत र सिंहले ११ हजार १२० मत प्राप्त गरेका छन्। यस्तै‚ नेकपा (एमाले)का रामपरीक्षण यादवले १० हजार २५८ मत प्राप्त गरेका छन्।
पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय ६८ वर्षीय भण्डारी दुई पटक राष्ट्रिय पञ्चायत सदस्य‚ प्रजातन्त्र पुन:स्थापनापछि २०५१ साल, २०५६ साल, २०६४ साल, २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका थिए। २०४८ र २०७० सालमा भने उनी पराजित भएका थिए।