धनुषा-३ मा एमालेकी जुली महतो निर्वाचित
धनुषा-३ बाट नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित भएकी छन्।
उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अनिलकुमार झालाई नौ हजार ६६९ मतान्तरले पराजित गरेकी हुन्।
महतोले ३३ हजार ३५५ मत र झाले २३ हजार ६८६ मत प्राप्त गरेका छन्। महतो यसअघि एमालेको समानुपातिक कोटाबाट दुई पटक सांसद भइसकेकी छन्।