कास्की-३ मा सत्ता गठबन्धनलाई हराउँदै एमालेका पौडेल निर्वाचित
कास्की-३ मा सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार दामोदर पौडेल निर्वाचित भएका छन्।
पौडेलले निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजी बरालभन्दा पाँच हजार ४४५ मत बढी प्राप्त गरेका छन्। पौडेलले २२ हजार ९८० मत र बरालले १७ हजार ५३५ मत प्राप्त गरेका छन्। यस्तै‚ राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत प्राप्त गरेका छन्।
गण्डकी प्रदेश सभा सदस्यमा कास्की-३ (ख)मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रकाश बराल १२ हजार ३६७ मत सहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका राजीव पहारीले ११ हजार ९०२ मत प्राप्त गरेका छन्।