कपिलवस्तु-१ मा एमालेका बलराम अधिकारी दोब्बर मतले निर्वाचित
कपिलवस्तु-१ मा सत्ता गठबन्धनका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै नेकपा (एमाले)का बलराम अधिकारी निर्वािचत भएका छन्।
अधिकारीले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का चक्रपाणि खनाललाई १८ हजार ४२९ मतान्तरले पराजित गरेका हुन्।
अधिकारीले ३६ हजार ६१९ मत प्राप्त गरेका छन्। खनालले १८ हजार १९० मत प्राप्त गरेका छन्।