कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी
कञ्चनपुर-१ मा नेकपा (एमाले)का उम्मेदवार तारा लामा तामाङ निर्वाचित भएका छन्।
लामाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की बिना मगरलाई पाँच हजार ५४२ मत अन्तरले पराजित गरेका हुन्। तामाङले २४ हजार ८९२ मत र मगरले १९ हजार ३४४ मत प्राप्त गरेका छन्।
यस्तै‚ नागरिक उन्मुक्ति पार्टीका नन्दकुमार रानाले आठ हजार ६५९, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिल्लीबहादुर शाहीले तीन हजार ५३० र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज जोशीले एक हजार ९०६ मत प्राप्त गरेका छन्।
९९ हजार ११० मतदाता रहेको यस क्षेत्रमा ६३ हजार ६०४ मत खसेको थियो। जसमा तीन हजार ६४१ मत बदर भएको छ।