माओवादीका जीवन आचार्य प्रदेश सभा सदस्य निर्वाचित
मोरङ ६ ‘क’ बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार जीवन आचार्य प्रदेश सभा सदस्य निर्वाचित भएका छन्।
उनी नेकपा (एमाले) उम्मेदवार रीता न्यौपानेलाई पराजित गर्दै प्रदेश १ सभा सदस्यमा निर्वाचित भएका हुन्। आचार्यले १९ हजार ४५५ मत पाए भने न्यौपानेले १७ हजार ५७७ मत पाएकी छन्।
आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहालका ज्वाइँ हुन्। उनी २०७४ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार चुमनारायण तबदारसँग पराजित भएका थिए।
यस पटक भने तबदार पनि उनको प्रचारमा हिंडेका थिए। दुवै जना मोरङको बुढीगंगा गाउँपालिकाका बासिन्दा हुन्।