बाँके-३ बाट कांग्रेसका सहमहामन्त्री राठौर विजयी
बाँके-३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार राठौरले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का किस्मतकुमार कक्षपतिलाई चार हजार ७९३ मतान्तरले पराजित गरेका हुन्।
राठौरले २९ हजार ४० मत र कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले सात हजार ४३९ प्राप्त गरेका छन्।