कञ्चनपुर-२ मा कांग्रेसका एनपी साउद निर्वाचित
कञ्चनपुर-२ बाट नेपाली कांग्रेसका एनपी साउद निर्वाचित भएका छन्।
सत्ता गठबन्धनका उम्मेदवार साउदले निकटतम प्रतिस्पर्धी एमालेका नरबहादुर धामीलाई ६ हजार ४५५ मतान्तरले पराजित गरेका हुन्। साउदले २८ हजार १०० मत र धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन्।
एक लाख पाँच हजार ५७७ मतदाता रहेको यस क्षेत्रमा ६४ हजार ७५२ मत खसेको थियो। जसमध्ये चार हजार ९२० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।