खोटाङ प्रदेश ‘ख’मा कांग्रेसका भूपेन्द्र राई विजयी
खोटाङ प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्र राई विजयी भएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार रहेका राई निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामप्रसाद दंगालभन्दा दुई हजार १४० मत बढी ल्याई विजयी भएका हुन्। राईले १६ हजार ४९६ मत र दंगालले १४ हजार ३५६ मत पाएका छन्।
जसपाका प्रेमकुमार राईले ९३५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३१३ मत, मंगोल नेशनल अर्गनाइजेशनकी विमला राईले १०१ मत र नेपाल मजदूर किसान पार्टीका ध्यानप्रसाद ढकालले १०९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचित राई कांग्रेस प्रदेश १ का महामन्त्री हुन्। उनी चुइचुम्मा गाउँपालिकाका पूर्व अध्यक्ष पनि हुन्।