राजनीतिक गुरु खतिवडालाई हराउँदै महेश बर्तौला मकवानपुर-२ मा विजयी
मकवानपुर-२ मा एकीकृत (समाजवादी)का विरोध खतिवडालाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा (एमाले)का महेशकुमार बर्तौला विजयी भएका छन्।
बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरेका छन्। एकीकृत समाजवादीका नेता तथा पूर्व मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरेका छन्। खतिवडा चार हजार २२० मतले पछि परेका हुन्। यस्तै‚ राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२३९ मत पाएका छन्।
खतिवडाका राजनीतिक चेला बर्तौला एमाले बागमती प्रदेश कमिटी उपसचिव हुन्। खतिवडा २०४८, २०५१, २०५६ र २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट एमालेबाट विजयी भएका थिए।