रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन निर्वाचित
रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन फराकिलो मतान्तर सहित निर्वाचित भएका छन्।
पुनले आफ्ना निटकतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का पूर्णबहादुर बुढामगरलाई २५ हजार २२९ मतान्तरले पराजित गरेका हुन्। पुनले ४१ हजार ७२४ मत र बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरेका छन्। त्यस्तै‚ राष्ट्रिय प्रजातन्त्र पार्टीकी लिल रावलले दुई हजार ५५६ मत प्राप्त गरेकी छन्।
पुन यसअघि २०६४ र २०७४ मा निर्वाचित भएका थिए।